समाचार

  • प्रदेश एकका नेकपा प्रमुख सचेतक सम्मानित ।

    news

    सालु एफ.एम २५ आश्विन 
    सोलुखुम्बु ः  अन्तर पार्टी महिला सञ्जाल सोलुखुम्बुले शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ ।  हिन्दु नेपालीहरुको महान् चाड बडा दशैं तथा शुभ दिपावलीको अवसरमा सञ्जाले सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
    शुभकामना आदानप्रदान कार्यक्रममा सोलुखुम्बु जिल्लाका तर्फबाट प्रतिनिधित्व गर्दै प्रदेश नं. १ का सांसद बन्नु भएका माननिय बुद्धिकुमार राजभण्डारी नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं. १ को प्रमुख सचेतक चुनिनुभएकोमा सञ्जालले सम्मान गरेको छ । त्यस्तै, नेचा सल्यान गाउँपालिका घर भई राष्ट्रिय बाणिज्य बैंक, शाखा कार्यालय सल्लेरीमा प्रथम महिला प्रबन्धक बन्नु भएकी भावना फूयाँल तथा सञ्जाललाई बिभिन्न सहयोग गरे स्वरुप सोलुदुधकुण्ड नगरपालिकालाई समेत सञ्जालले सम्मान गरेको छ ।
    प्रदेश नं. १ का सांसद एवं नेकपा प्रदेश नं. १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश नं. १ कै सांसद उत्तमकुमार बस्नेत, जनप्रतिनिधि, जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय, राजनीतिक दल, महिला संघसंगठन लगायतका प्रमुहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । बिभिन्न साँस्कृतिक कार्यक्रम सहित भएको कार्यक्रम सञ्जालकी जिल्ला अध्यक्ष मोहनकुमारी कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org