समाचार

  • स्वाथ्य शिविर समापन ।

    news

    सोलु एफ.एम २५ आश्विन 
    सोलुखुम्बु ः सोलुखुम्बुको माप्यदुधकोशि गाउँपालिका वडा नं ४ बासामा आयोजित ४ दिने निशुल्क स्वाथ्य शिविरमा १ हजार ८ सय ६५ जनाले सेवा लिएका छन् । चार दिन देखी जारी शिविरमा माप्यदुधकोशी सहित आसपासका नागरिकले सेवा लिएका हुन् । 
    शिविरको अन्तिम दिन आज ५ सय ३२ जना विरामिको स्वाथ्य परिक्षण गरिएको छ । जसमा महिलाको स्ख्या १ सय ६० जना र पुरुषको सङ्ख्या १ सय १९ जनाको स्वाथ्य परिक्षण गरिएको हाम्रा सहकर्मि भेसराज पौड्येलले जानकारी दिनुभयो ।      त्यसै गरि बालबच्चाको सङ्ख्या भने १ सय २५ जनाको स्वाथ्य परीक्षण गरिएको छ । ४ दिन सम्म चलेको शिविरमा नेपालका र विदेशका गरी २८ जना डाक्टरको टोलिले विरामिको स्वाथ्य परीक्षण गरेका आयोजकले जानाएको छ । टि.एस.डब्लु द्धारा आयोजित शिविरमा स्त्री रोग, नाक, कान, घाँटी, बाथ लगाएतका रोगको स्वाथ्य परीक्षण गरिएको छ ।  
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org