समाचार

  • तिङ्लामा निर्माणाधिन शबस्टेसनको काम समयमानै सक्न मन्त्रि पुनको निर्देशन ।

    news

    बत्ति मुनिको अध्यारो नबनाउँन जनप्रतिनिधिको माग ।
    भोजराज कार्की, 
    सोलु एफ एम, २७ असोज
    सोलुखुम्बु ः उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रि बर्षमान पुन (अनन्त)ले सोलुखुम्बुमा निर्माणाधिन सब–स्टेशन र प्रशारण लाईनको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लामा निर्माणाधिन १३२, ३३ र ११ केभी सव–स्टेसन र प्रशारण लाईनको शनिबार स्थलगत निरीक्षण गर्दै काम तोकिएकै समयमा सक्न आयोजना व्यवस्थापन, ठेकेदार तथा सरोकारवालालाई तदारुकताकासाथ अगाडी बढ्न निर्देशन दिनुभएको हो ।
          जिल्लामा निर्माणाधिन हाईड्रोपावरको काम अन्तिम चरणमा पुगीसकेकाले तोकिएकै समयमा सब स्टेशन तथा प्रशारण लाईनको काम सम्पन्न गर्नुपर्ने मन्त्रि पुनको भनाई छ । प्रसारणलाइन तथा सव स्टेसन तोकिएको समयमा बनाउन नसकेमा विद्युत खेर जाने हुँदा प्राधिकरणले निजीक्षेत्रका आयोजनालाई पेनाल्टी तिनुपर्ने वातावरण सृजना नगर्न सबैलाई आग्रह गर्नुभयो । आगामी पाँच बर्षमा सबै क्षेत्रमा विद्युत प¥याउने गरि नेपाल सरकारले काम गरिरहेको पनि प्रष्ट पार्नुभयो ।
          निरीक्षणका अवसरमा सोलु करीडोरका प्रोजेक्ट म्यानेजर जनार्दन गौतमले हालसम्म ४० प्रतिशत काम सकिएको जानकारी दिनुभयो । सामुदायीक वनसंगको समस्याका कारण निर्धारित समयमा काम सम्पन्न हुननक्सने पनि म्यानेजर गौतमको भनाई छ ।
      यता जिल्लामा निर्माणाधिन माथिल्लो सोलु हाईड्रो पावर २३.५ मेगावाट, तल्लो सोलु हाईड्रो पावर ८२ मेगावाटको काम तथा प्रगतिको बारेमा जानकारी गराईएको छ । माथिल्लो सोलु हाईड्रो पावर प्रोजक्टका प्रमुख शसिसागर राजभण्डारीले आयोजनाको काम ९० प्रतिशत सकिएको जानकारी गराउनुभयो । सब–स्टेसनको काम समयमानै सकिएको अवस्थामा आफुहलाई उत्पादित विद्युत निर्यात गर्न सहज हुने उहाँको भनाई छ ।
     
    बत्तिमुनीको अध्यारो नबनाउँन माग ।
           थुलुङदुधकोशी गाउँपालिका सोलुखुम्बुका अध्यक्ष असीम राईले ग्रामीण विद्युतीकरणलाई पहिलो प्राथमीकतामा राख्न आग्रह गर्नुभयो । आफुहरु बत्ति मुनिको अध्यारो बन्न सक्ने भन्दै अध्यक्ष राईले जिल्लामै सबैभन्दा धेरै जनसंख्या रहेको गाउँपालिका थुलुङ दुधकोशी भएकाले उक्त गाउँपालिकामा पहिलो चरणमा ग्रामीण विद्युतीकरणको काम गर्न र गराउन आग्रह गर्नुभयो । विद्युत उपभोगको पहिलो हकदार जिल्लाबासी भएकाले सोही अनुसार काम गर्न पनि अनुरोध गर्नुभयो ।
          प्रदेश सभा (क) सोलुखुम्बुका सांसद उत्तम कुमार बस्नेतले जिल्लामा विद्युतको केन्द्र बन्ने भएकाले सोही अनुसारको लागानी र योजना सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । पहुँचको आधारमा काम गर्ने प्रबृत्तिको कारणले गर्दा सब–स्टेसन निर्माणको काममा ढिलाई भएको भन्दै आवश्यकताको हिसाबले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
          यस्तै सोलुखुम्बुका प्रतिनिधि सभा सांसद हेमकुमार राई शुरबीरले सोलुखुम्बुमा वितरण केन्द्र स्थापना गरि ग्रामीण विद्युतीकरणलाई जोड दिन आग्रह गर्नुभयो । जिल्लामा थुप्रै विद्युत आयोजनाहरु सञ्चालन भईरहेकाले दुधकोशी करीडोरको समेत योजना तत्काल सञ्चालनको प्रक्रया अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।  “विद्युत प्राधिकरणमा जाँदा तत्काल सोलुखुम्बुमा ग्रामीण विद्युतीकरण संभव छैन भन्ने कुरा आयो, मन्त्रिज्यूलाई मेरो आग्रह तत्काल वितरण केन्द्र स्थापना गरि काम गर्नुप¥यो ।” सांसद राई भन्नुभयो, “जिल्लालाई विद्युत नदिईकन बाहीर लान्छु भन्नेचाही नसोच्दानै राम्रो होला ।”
          भारतीय एक्जिम बैकको सहुलीयत ऋण लगानीमा नेपाल सरकार तथा विद्युत प्राधिकरणले निर्माण गरिरहेको यो आयोजना आगामी (सन् २०१९ को) मार्चमा सक्ने लक्ष्य राखिएको छ । तिङ्लाबाट ओखलढुंगा–उदयपुर–मिर्चैया (सिराहा) सम्मको ९० किलोमिटर प्रसारणलाइन आयोजनामा ३०३ टावर निर्माण गर्ने स्टामेट रहेको छ । ठेकेदार कम्पनी मोहन इनर्जीले २०१८ को डिसेम्बर भित्रमा सब–स्टेसन बनाइसक्ने जनाएको छ ।
          अहिले सोलुखोलामा निजीक्षेत्रले ६ जलविद्युत आयोजना (२१७.५ मेगावाट) निर्माण गरिरहेको छ  । जस मध्ये पनि माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको काम ९० प्रतिशत सम्पन्न भईसकेको अवस्थामा प्राधिकरणले सोलु करिडोर निर्माणमा केही ढिलाई हुने देखेपछि माथिल्लो सोलुको विद्युत जोड्नका लागि अस्थायी वैकल्पिक व्यवस्थाकारुपमा ओखलढुंगाबाट ३३ केभी प्रसारणलाइन निर्माण र तिंलामा ३३ र११ केभीको सव स्टेसन बनाइरहेको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org