समाचार

  • राष्ट्रिय बाणिज्य बैकंमा सेवाग्राहीको चाप ।

    news

    सोलु एफ एम असोज २८ ।
    केहि दिन यता राष्ट्रिय बाणिज्य बैकं शाखा कार्यलय सल्लेरीमा सेवाग्राहीको चाप अत्याधिक बढेको छ । दशैको मुख्य दिन नजिकिए सगै वितिय कारोबार प्रति नागरिकको आर्कषण बढेको बैकंले जनाएको छ ।
         दशैमा पैसा खुद्रा गर्ने, तलब निकासा गर्ने तथा खातामा भएका रकम झिक्नेको सख्यां अधिक रहेको शाखा प्रबन्धक भावना फुयाललले बताउनुभयो । मगङ्लबारबाट  बैकंहरु बन्द हुने भएकाले सेवा ग्राहीको चाप बढेको प्रबन्धक फुयालको भनाई छ ।
         हाल बाणिज्य बैक सल्लेरीबाट दैनिक ५ करोड देखि १० करोड सम्म कारोबार भईरहेको कार्यलयले जनाएको छ । जिल्लाका अधिकाशं स्थानिय तहहरुमा बैकिंङ कारोबार सञ्चालन नहुदा सेवा ग्राही घण्टौ हिडेर सल्लेरी आउन बाध्य बनेका छन । ७ ओटा स्थानिय तह रहेको सोलुखुम्बुमा थुलुङ दुधकोशी गाउपालीका, खुम्बु पासङ ल्हमु गाउपालीका र सोलुदुधकुण्ड नगरपालीका बाहेक अन्य स्थानिय तहहरुमा बैकिङ कारोबार सञ्चालन हुन सकेका छैनन ।  
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org