समाचार

  • एक मात्र आयल स्टोर्समा पेट्रोल अभाव,

    news

    सोलु एफ एम,असोज २९
    सोलुखुम्बुको एक मात्र पेट्रोल पम्प दुधकोशी आयोल स्टोर्समा पेट्रोल अभाव भएको छ । केहि दिन आघि मात्रै ईन्धन मगाए पनि अम्लेगन्जबाट डिजेल मात्र पठाएकाले  पेट्रोल अभाव भएको सञ्चालक पासङ काजी शेर्पाले बताउनुभयो । आयल स्टोर्समा डिजेल प्रसस्तै भए पनि पेट्रोल नपठाउदा समस्या भएको आयल स्टोर्सले जनाएको छ । पम्पमा पेट्रोल अभाव हुदा साना सवारी साधनहरु महारमा पर्ने भएका छन ।
         दशैको मुख्य दिन नजिकिएसगै सवारी साधनको प्रयोग बढ्ने समयमा पेट्रोल अभावले समस्या पैदा भएको मोटर साईकल प्रयोगकर्ताहरुको भनाई छ । पम्पमा २ हजार  लिटर पेट्रोल स्टक राखेको भए पनि सो समेत सकिएको पम्प सञ्चालक शेर्पाको भनाई छ । उहाका अनुसार अम्लेगन्जबाट ट्रयाङ्कर टिकाको भोलीपल्ट मात्र आउने छ । तत्काललाई ब्यवस्थापनका लागी पहल भईरहेको आयल स्र्टोसले जनाएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org