समाचार

  • वडा नम्बर ९ छुवाछुत मुक्त वडा घोषणा हुदै ।

    news

    सोलु एफ एम,असोज २९
    सोलुखुखुम्बुको थुलुज्ञदुधकोशी गाउँपालिका वडा नम्बर ९ लाई छुवाछुत मुक्त वडा घोषणा गरिने भएको छ । गाउँपाकिलाको अभियान अन्तरगत वडा नम्बर ९ ले उक्त कार्यक्रमको आयोजना गरेको वडा अध्यक्ष भुपाल सिं राईले जानकारी दिनुभयो । 
    राई, तामाङ लगाएतको जातजाती रहेको उक्त वडालाई आगामी कात्तिक ७ गते एक कार्यक्रमका बीच छुवाछुत मुक्त वडा घोषणा गरिने वडा अध्यक्ष राईको भनाई छ । विभिन्न खेलकुद कार्यक्रम सहित आयोजना गरिने उक्त कार्यक्रममा गाउँपालिका, वडा नम्बर ९ लोखी र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको समन्वयमा सोलु एफ एमले तयार पारेको वालविवाह न्यूनीकरण सम्बन्धि सचेत नामक चलचित्र समेत प्रदर्शन गरिने छ । 
    उक्त चलचित्रको निर्माणको काम अन्तिम चरणमा पुगेको सोलु एफ एमका स्टेशन मेनेजर भोजराज कार्कीले जानकारी दिनुभयो । सोलु एफएमका स्टेसन मेनेजर कार्कीले निर्माण गर्नुभएको कथामा आधारीत छोटो चलचित्रमा बालविबाह त्यसको असर र कानुनी प्रावधानको बारेमा जानकारी गराउने कोसीस गरिएको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org