समाचार

  • सोताङ गाउपालीकामा जातिय विभेद न्युन छः अध्यक्ष राई

    news

     सोलु एफ एम,असोज २९
    सोलुखुम्बुको सोताङ गाउपालीकाका अध्यक्ष विर बहादुर राईले आफ्नो गाउपालीका जातिय छुवाछुत अत्यन्तै कम रहेको दाबी गर्नुभएको छ । सोलु एफ एमसग कुराकानी गर्नुहुदै अध्यक्ष राईले अन्य क्षेत्रको जस्तो जातिय छुवाछुत सोताङ गाउपालीकामा नरहेको जिकिर गर्नुभयो ।
    जातिय छुवाछुत सामाजिक कलकं भएकाले यसलाई निरुतसाहित गर्न आफु लागी परेको उहाको भनाई छ । अशिक्षा र अज्ञानताका कारण जातिय विभेद हुने भएकाले जनचेतना फैलाउन आवश्यक रहेको अध्यक्ष राईको जोड छ । उहाले सोताङ गाउपालीकालाई छुवाछुत मुक्त गाउपालीका बनाउने सोचमा आफु रहेकाले सहयोग गर्नु सम्बद्ध सबैलाई आग्रह समेत गर्नुभयो । जातिय छुवाछुतले विकासमा समेत असर गर्ने भएकाले यसको अन्त्य गर्नुपर्ने उहाको तर्क छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org