समाचार

  • योङ स्टार क्लव सोलुखुम्बुद्धारा शुभकामना आदन प्रदान ।

    news

    सोलु एफ एम,असोज २९
     बडा दशैको अवसरमा योङ स्टार क्लव सोलुखुम्बुले शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ । नेपालीहरुको महान चाड बडा दशैको अवसरमा क्वलले शुभकामना आदन प्रदान गरेको क्लवका कार्यकारी निर्देशक दिपक राजभण्डारीले जानकारी दिनुभयो ।
    कार्यक्रममा बोल्नुहुदै नेकपा प्रदेश १ का प्रमुख सचेतक एवम प्रदेश सासंद बुद्धि कुमार राजभण्डारीले दशै विकृति भन्दा पनि सस्कृति जोगाउँनेगरि मनाउनु पर्नेमा जोड दिनुभयो । बढि फजुल खर्च र तडक भडक गरी चाडपर्वहरु मनाउनाले संस्कृति भन्दा पनि विकृति निम्तने भएकाले सजग हुन आग्रह समेत गर्नुभयो ।
         सोही अवसरमा क्लवले मैत्रीपुर्ण फुटबलको समेत आयोजना गरेको. छ । क्लवका अध्यक्ष, कोषअध्यक्ष तथा सचिव टिम विच भएको सो प्रतियोगितामा कोषअध्यक्ष टिम पहिलो भएको छ । पहिलो स्थान ओगट्न सफल प्रतियोगिलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
    त्यसै गरी कोषअध्यक्ष टिमकै मञ्जिल श्रेष्ठ सर्वाधिक गोलकर्ता घोषित हुनुभएको छ । श्रेष्ठले ७ गोल प्रहार गरेका थिए । सर्वाधिक गोल कर्तालाई वडा नम्बर ६ का वडा अध्यक्ष रामकुमार श्रेष्ठाबाट नगद २ हजार प्रदान गर्नुभएको छ । भने प्रथम पुरस्कारको प्रायोजन प्रदेश सासंद बुद्धि कुमार राजभण्डारीले गर्नुभएको योङ स्टार क्लव दोर्पुबजारले जनाएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org