समाचार

  • माप्य गाउँपालिकाको अन्र्तराष्ट्रिय खेलाडी उत्पादनको लक्ष्य

    news

    सोलु एफ एम सोलुखुम्बु ः
    सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका, सोलुखुम्बुको आयोजनामा गाउँ पालिका स्तरिय खेलकुद प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । गाउँ पालिकाको शान, राष्ट्रिय खेलाडी उत्पादन हाम्रो अभियान भन्ने नारा सहित पालिकाले प्रथम पटक खेलकुद प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिता अन्र्तगत वडा तथा मावि स्तरिय महिला पुरुष भलिबल, खुल्ला ब्याडमिन्टन, मिनि म्याराथन तथा बुद्धिचाल प्रतियोगिता सम्पन्न भएका थिए । जसमा वडा स्तरिय पुरुष भलिबल तर्फ वडा नं. ४ प्रथम, वडा नं. ६ तथा वडा ७ क्रमशः द्धितिय र तृतिय भएका छन् । 
    प्रतियोगितामा वडा नं. ६ को टिम बि सान्त्वना भएको छ । उता महिला तर्फ वडा नं. ७, ३, २ र ४ क्रमशः प्रथम, द्धितिय, तृतिय तथा सान्त्वना भएका छन् । मावि स्तरिय पुरुष भलिबल तर्फ सगरमाथा मावि वाकु प्रथम, हिमालय मावि, बासा द्धितिय, भेडाचौर मावि काँकु तृतिय तथा जुभिङ मावि सान्त्वना हुन सफल भए । त्यस्तै महिला तर्फ भेडाचौर मावि प्रथम, सगरमाथा मावि, वाकु द्धितिय, हिमालय मावि, बासा तृतिय तथा जुभिङ मावि सान्त्वना भए । प्रतिनिधि सभाको सांसद हेमकुमार राई सुरबीर राईले उद्घाटन गर्नुभएको प्रतियोगितामा खुल्ला ब्याडमिन्टनको उपाधि बिपिन खालिङ र अर्जुन श्रेष्ठले प्राप्त गरे । प्रतियोगितामा मधुर जी ढकाल र बिनोद राउतको टिम द्धितिय भए । रामप्रसाद चौधरी र आशिष खनाल तथा अषन खालिङ र यादव ढुङ्गाना तृतिय भएका छन् । त्यस्तै बुद्धिचाल प्रतियोगिता तर्फ जितेन्द्र यादव प्रथम, भोला कार्की द्धितिय तथा गौरव राई तृतिय भए । 
    म्याराथन प्रतियोगितामा महिला तर्फ सोही गाउँपालिका वडा नं. १ की पुर्णिमाया राई तथा पुरुष तर्फ वडा नं. १ कै सन्तोष राईले उपाधि हात पार्न सफल भएका छन् । कार्यक्रममा जनप्रतिनिधि, जिल्लास्थित कार्यालय तथा संघसंस्थाका प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, खेलकुदसँग आबद्ध पदाधिकारी लगायतको उपस्थतीमा कार्यक्रम सम्पन्न भएको हो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org