समाचार

  • फुटबल प्रतियोगितामा जारी ।

    news

    महेन्द्र शाही
    सोलु एफ.एम ९ कात्तिक 
    सोलुखुम्बु ः सोलुखुम्बुको थुलुङ्दुधकोशि गाउँपालिकाको वडा नं ९ मा जारी फुटबल प्रतियोगितामा शुक्रबार ६ खेल सम्पन्न भएका छन । यहि कात्तिक ७ गतेदेखि सुरु भएको प्रतियो गिताको प्री क्वाटर फाइनल अन्तरगतका ६ खेल शुक्रबार सम्पन्न भएका हुन ।
    शुक्रबार भएको खेलमा थुलुङदुधकोशि गाउँपालिका ४ मुक्ली, आयोजका लोखिम, जनजोति मा.वि लोखिम, मयुर आधारभूत विद्यालय महेस्वरी, नेचासल्यान वडा नं १ र नव स्टार क्लब जुवु विजयि भएका छन ।
    शुक्रबार भएको खेलमा मुक्लीले ऐँसेलुखर्क गाउँपालिका वडा नं ४ जलेश्वरीलाई ३–२ ले पराजित ग¥यो । त्यस्तै अन्य खेलमा आयोजक लोखिमले सोताङ गाउँपालिका वडा नं ५ लाई ४–२ ले पराजित गरेको छ । जन ज्योति मा.वि लोखिमले ऐँसेलुखर्क ३ लाई ६–२ को फराकिलो अन्तरले पाखा लगायो । अर्को खेलमा मयुर आधारभूत विद्यालय महेश्वरी खोटाङले नेपाली चलचित्र कप्टी जुवुलाई २–१ ले पराजित ग¥यो भने नेचासल्यान गाउँपालिका वडा नं १ ले संगम समाज पन्चनलाई ३–० ले पराजित ग¥यो । शुक्रबारको अन्तिम खेलमा नवस्टार क्लब जुवुले लोखिम थुलुङ उत्थान समाजलाई ३–२ ले पाखा लगाएको छ ।
    शविबार विहान बाकि रहेका प्रि क्वाटरफाइनलका खेल र क्वाटर फाइनलका खेलहरु सञ्चालन हुने वडा नं ९ का अध्यक्ष भुपाल सिंह राइले जानकारी दिनुभयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org