समाचार

  • नगरपालिकामा नै २१ प्रतिशत घरधुरी अन्धकारमा ।

    news

    रामधन राई 
    सोलु एफ.एम ९ कात्तिक 
    खोटाङ ः खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २१ प्रतिशत घरधुरी अझै विद्युत सेवाबाट बाहिरै रहेका छन । नगरपालीकाले गरेको सर्बेक्षणमा २१ प्रतिशत घरधुरीले अझै पनि मट्टीतेल तथा टुकी प्रयोग गरेको पाइएको हो । तथ्याकं अनुसार सात प्रतिशतले सोलार र एक प्रतिशतले बायोग्याँस प्रयोग गर्दै आएका छन् ।
         दश हजार ५० घरधुरी रहेको नगरपालिकामा ४४ प्रतिशत घरधुरीमा अझै पनि केन्द्रीय विद्युत प्रशारण लाइन पुग्न सकेको छैन । नगरपालिका भित्रका करिब दुई तिहाई अर्थात ६६ प्रतिशत घरधुरीले मात्र हाल केन्द्रीय विद्युत उपभोग गरिरहेका छन् ।
         १५ वडा रहेको नगरपालिकाको वडा नम्बर १ र १५ मा शतप्रतिशत केन्द्रीय विद्युत प्रशारण भएको नगरपालिकाले जनाएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org