समाचार

  • नेचासल्यान गोल्ड कपको तयारी पुरा, श्रेष्ठको कप्तानिमा योङ्स्टारको टिम घोषणा ।

    news

    महेन्द्र शाही 
    सोलु एफ.एम १० कात्तिक 
    सोलुखुम्बु ः नेचासल्यान गाउँपालिकामा आइतबारदेखि हुने नेचासल्यान खुल्ला गोल्ड कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । खेलका लागि आवश्यक तयारी पुरा भएको र आइतबार ११ प्रतियोगिताको उद्घाटन गरिने आयोजकको भनाइ रहेको छ ।   
    खेलका लागि एन्फा रेफ्रिहरु ओम न्यौपाने, सुमन श्रेष्ठ र प्रज्ञश अमात्य  खेल स्थलमा आइसक्नु भएको छ । प्रतियोगितामा जम्मा २० टिमको सहभागिता हुने आयोजक समितिका संयोजक राजन कुमार राईले जानकारी दिुनु भयो ।
    त्यसै गरि यसै प्रतियोगिताका लागि योङ्स्टार क्लबले आफ्नो टिमको घोषर्णा गरेको छ । शुक्रबार बसेको कार्यसमितिको बैठकले १५ सदस्यीय टोलिको घोषणा गरेको हो ।
    घोषित टिमको कप्तानको जिम्मेवारी सम्पूर्ण श्रेष्ठलाई दिइएको छ । टोलि आइतबार आयोजना स्थल तर्पm प्रस्थान गर्ने छ ।
    कप्तान श्रेष्ठसँगै टिममा सागर राजभण्डारी, मन्जील श्रेष्ठ, अनिल के.सी, प्रवीन राजभण्डारी, प्रतिक राजभण्डारी, प्रकाश सुनुवार रहेका छन । त्यस्तै विवेक शाक्य, प्रकाश मगर, पोषण श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, दिनेश मगर र उमेश तामाङले पनि अन्तिम १५ मा स्थान बनाउन सफल भएका छन ।
    टिमको प्रशिक्षमा दिपक राजभण्डारी र व्यवस्थापकमा सन्तनारायण श्रेष्ठ रहनु भएको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org