समाचार

  • नेचासल्यान एकलाई उपाधि ।

    news

    अन्जु कार्की 
    सोलु एफ.एम ११ कात्तिक 
    सोलुखुम्ुबु ः थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखीममा सम्पन्न वडा स्तरीय फुटबल प्रतियोगीताको उपाधी नेचा सल्यान गाउँपालिका एकले हात पारेको छ । जनता माध्यमीक विद्यालय लोखीमको खेलमैदानमा आइतबार सम्पन्न प्रतियोगीतामा मयर आधारभुत विद्यालयलय महेश्वरीलाई ४–१ ले पराजीत गर्दै नेचासल्यान १ ले उपाधी जितेको हो । 
    यस्तै नवस्टार  क्लव थुलुङदुधकोशी गाउँपालिका ४ जबुलाई १ को बिरुद्ध दूई गोलेले पराजित गर्दै  एेंसेलुखर्क गाउँपालिका ३ तृतीय भएको वडा अध्यक्ष भुपाल सिं राईले जानकारी दिनुभयो । 
    प्रतियोगीतामा बिजयी समुहलाई एक कार्यक्रमका बीच आइतबार पुरस्कार वितरण गरिएको छ । प्रथम, द्धितिय, तृतिय र सान्तोवना हुनेलाइ क्रमस नगद ५० हजार, ३० हजार, २० हजार र १० हजारको साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिएको वडाध्यक्ष राईले जानकारी दिनु भयो । 
    नेचासल्यान गाउपालिका एकका खेलाडी पवन राई  सर्व उत्कृष्ट खेलाडि घोषित हुनु भएको छ भने उत्कृष्ट डिफेण्डर मयुर आधारभुत विद्यालयका धनकुमार राई, उत्कृष्ट स्टाइकर ऐंसेलुखर्क गाउँपालिकाका हरि दाहाल, र उत्कृष्ट गोलकिपर थुलुङ राई सांस्कृतिक प्रतिष्ठान लोखिमका राजन राई हुनु भयो । उत्कृष्ट हुने खेलाडीलाई ट्रफि प्रदान गरिएको छ । खेलको यहि कात्तिक सात गते गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गर्नुभएको थियो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org