समाचार

  • तरुणदलको विजयि सुरुवात ।

    news

    महेन्द्र शाही 
    सोलु एफ.एम ११ कात्तिक 
    सोलुखुम्बु ः सोलुखुम्बुको नेचामा भएको फुटबल प्रतियोगितामा नेपाल तरुण नेचासल्यानले विजयि सुरुवात गरेको छ । नेचासल्यान गाउँपालिकाको आयोजनामा आइतबार देखि सुरु भएको खेलमा २१ टिमको सहभागिता रहेको छ ।
    आइतबार भएको उद्घाटन खेलमा तरुण दल नेचासल्याने साझा कल्यान कोष नेचालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । तरुण दललाई विजयि गराउन रोसन श्रेष्ठ, साबुहाङ राई र रोसेश श्रेष्ठले १–१ गोल गर्नु भएको थियो । यता साझा कल्याण कोषका तर्फबाट अंकित राईले सान्त्वना गोल गर्नु भएको थियो ।
         आन्तरिक पर्यटन प्रवद्धनका लागि खेलकुद भन्ने नाराका साथ सुरु गरिएको नेचासल्यान गोल्ड कपको सोलुखुम्बुका प्रदेश सभा (क) का सांसद उतम कुमार बस्नेतले एक कार्यक्रम विच गर्नु भएको थियो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org