समाचार

  • नेचासल्यान गोल्ड कपमा ६ खेल सम्पन्न ।

    news

    डिल्ली शर्मा 
    सोलु एफ.एम १२ कात्तिक 
    सोलुखुम्बु ः सोलुखुम्बुको नेचासल्यानमा जारी नेचासल्यान गोल्ड कपमा सोमबार ६ खेल सम्पन्न भएका छन । सोमबार भएका खेलहरुमा रियल डिक्नीटि, युनाइटेड युथ, हिलेपानी ज्वालामुखी, सिरान्देल युवा क्लब, युथक्लब फ्रेबा विजयि भएका छन । आजको अन्तिम खेल खराब प्रकाशका कारण मंगलबार हुने भएको छ ।
    आइतबारको पहिलो खेलमा रियल डिक्नीटिले स्वर्णीम युवा मन्चलाई ५–१ ले पराजित ग¥यो । अर्को खेलमा युनाइटेड युथक्लबले नवप्रतिभालाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।
    आइतबार भएको तेस्रो खेलमा हिलेपानी ज्वालामुखीले योङ्ग स्टार क्लबलाई पेनाल्टीमा ५–४ ले पराजित गरेको छ । त्यस्तै सिरान्देल युवा क्लबले पूmर्के सामुदायिक बनको टिमलाई १–० ले पराजित गरेको छ ।
    त्यस्तै गरि अर्को खेलमा युथ फ्रेबा क्लबले माम्खा युवा क्लबलाई १–० ले नै पराजित गरेको छ । आइतबारको अन्तिम खेलमा आदर्श युवा मोलङ र गार्मा ब्रर्दश विचको खेल खराब प्रकाशका कारण मंगलबार मात्र हुने भएको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org