समाचार

  • नेचासल्यान गोल्डकपको प्रि क्वाटरफानल सम्पन्न ।

    news

    सोलु एफ.एम १३ कात्तिक 
    सोलुखुम्बु ः सोलुखुम्बुको नेचासल्यानमा भएको नेचासल्यान गाल्ड कपमा मंगलबार प्रि क्वाटसफाइनलका खेल सम्पन्न भएका छन । आज भएका लेखमा थुलुङ्दुधकोशि गाउँपालिका, नेचासल्यान गाउँपालिका, गार्मा बर्दश, ज्वालामुखि हिलेपानी, अनेरास्वीयु र नेचासल्यान ३ विजयि भएका छन ।
    मंगलबार भएको पहिलो खेलमा दुलुङ्दुधकोशिले सानिटार युवा क्लब ओखलढुङ्गालाई २–१ ले पराजित ग¥यो । अर्को खेलमा आयोजक नेचासल्यान गाउँपालिकाले सझा कल्यान कोष नेचा ५ लाई २–० ले पाखा लगायो ।
    त्यस्तै नेचासल्यान वडा नं ३ र सिद्धिचरण नगरपालिका विचको खेलमा नेचा ३ले ६–५ ले विजयी भएको छ । त्यसै गरि गार्मा ब्रदर्शले सिरान्देल युवा क्लबलाई १–०को झिनो अन्तरमा पराजित गरेको छ ।
    अर्को खेलमा ज्वालामुखि हिलेपानीले रुम्जाटार युनाइटेडलाई ३–२ को अन्तरमा पाखा लगाएको हो । मंगलबार अन्तिम खेलमा अनेरास्वीयुले नेचासल्यान गाउँपालिका ५ लाई ३–१ ले हराउदै क्वाटर फाइनलमा स्थान बनाएको छ ।
    बुधबार विहान ८ बजेदेखि क्वाटरफाइनलका खेल सुरु हुने आयोजकले जनाएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org