समाचार

  • नेचासल्यान गोल्ड कपको सेमिफाइनल समिकरण पुरा ।

    news

    डिल्ली शर्मा
    सोलु एफ.एम १४ कात्तिक 
    सोलुखुम्बु ः  सोलुखुम्बुको नेचासल्यानमा भएको नेचासल्यान गाल्ड कपको समिफाइनल समिकरण पुरा भएको छ । मंगलबार भएका खेलहरुमा विजयि हुदै गार्मा बर्दश, ज्वालामुखि हिलेपानी, अनेरास्वीयु र रियल डिङनिटीले सेमिफाइनलमा स्थान बनाएका हुन ।
    मंगलबार भएको पहिलो खेलमा तरुण दल नेचासल्यानलाई २–१ पराजित गर्दै रियल डिङनिटि सेमिफाइनल पुगेको हो । अर्को खेलमा आयोजक नेचासल्यानलाई ३–१ ले पाखा लगाउँदै गार्मा ब्रदर्शले पनि अन्तिम चारमा स्थान बनाउन सफल भएको छ ।
    त्यस्तै ज्वालामुखी हिले पानीले रुम्जाटारले युथ क्लब फेवालाई ३–१ले नै हराएको छ । अर्को खेलमा थुलुङ दुधकोशी गाउँपालिकालाई अनेरास्ववियु सल्लेरीले २–१ ले पन्छाउदै अन्तिम चारमा पुगेको हो ।  
    विहिबार हुने पहिलो सेमिफाइनल खेलमा गार्मा ब्रदर्श र रियल डिङनिटी विच तथा दोस्रो सेमिफाइनलमा ज्वालामुखी युवा क्लब हिलेपानी र अनेरास्ववियु सल्लेरी बिच हुने छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org