समाचार

  • नेचासल्यान गोल्ड कपको उपाधि अनेरास्ववियुलाई ।

    news

    गार्डेन राई 
    सोलु एफ.एम १६ कात्तिक 
    सोलुखुम्बु ः नेचासल्यान गोल्डकपको उपाधि अनेरास्ववियु सल्लेरीले कब्जा जमाएको छ ।   शुक्रबार भएको फाइनल खेलमा रियल डिग्निटिलाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो ।
    उपाधि दिलाउने क्रममा अनेरास्ववियुका लागि रमेश बस्नेत, थिर राज राई र जीवन राईले गोल गरे । खेलमा सुरुवात देखि नै रियल डिग्निटि सिद्धिचरण विरुद्ध हावि भएको अनेरास्ववियुले खेलको ११ औँ मिनेटमा रहेश बस्नेतले गोल गर्दै सुरुवाति अग्रता दिलाउनु भएको थियो ।
    पहिलो हाफमा १–० को अग्रता बनाएको अनेरास्ववियुले दोस्रा हाफमा २ गोल थप्यो । उसका लागि ५५ मिनेटमा थिर राज राईले तथा खेलको ८६ औँ मिनेटमा जीवन राईले गोल गर्दै एक तर्पिm जित दिलाउनु भएको हो ।
    तेस्रो स्थानका लागि भएको खेलमा हिलेपानि ज्वाला क्लव ओखलढुंगाले गार्मा ब्रदर्शलाई ३ –१ ले पारजित गरेको छ । गार्मा ब्रदर्शबिच भएको खेलमा हिलेपानी ज्वाला क्लवले गार्मा ब्रदर्शलाई ३–१ गोलले पराजित ग¥यो ।
    प्रतियोगितिमा उत्कृष्ट गोलकिपर फ्रेबा यवा क्लबका दिनेश राई, उच्च गोलकर्ता ज्वालामुखि हिलेपानीका राजु राई, उत्कृष्ट डिफेन्डर अनेरास्ववियुका रमेश बस्नेत र उत्कृष्ट खेलाडिमा रियल डिङनिटिका धर्महाङ राई घोषित हुनुभयो । उत्कृष्ट सबैले जनहि ५ हजार मेलड र प्रमाण पत्र प्राप्त गर्नु भएको छ ।  
        विजेता अनेरास्ववियुले १ लाख प्राप्त ग¥यो भने उपविजेता बनेको रियल डिङनिटिले ७० हजारमा जित बुझाउनु प¥यो । तेस्रो भएको हिलेपानीले ४० हजार र चौथो भएको गार्माले २० हजार नगद प्राप्त गरे ।
     यहि कात्तिक ११ गतेदेखि सुरु भएको प्रतियोगितामा २१ टिम सहभागि रहेको थियो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org