समाचार

  • थुलुङ राईको पोशाक निर्धारण ।

    news

    सोलु एफ.एम १७ कात्तिक 
    सोलुखुम्बु ः  थुलुङ राई सामा कार्यसमिति सोलु दुधकुण्ड नगरपालिकाको बैठकले थुलुङ राईको पोशाक निर्धारण गरेको छ । शनिबार वसेको सामाको बैठकले यस्तो निर्णय गरेको हो ।
    थुलुङ राई सामाले पुरुषका लागि घिउ रङको दौरा सुरुवाल, कालो कोट, ढाकाको टोपि र छालाको कालो जुत्ता पोसाकको रुपमा तोकेको छ । त्यस्तै महिलाका लागि मखमलको रातो चोली, छिटको कालो फरीया, पहेँलो पटुकि, कालो जुत्ता, छिटको रातो मजेत्रो जातिय पोशाकको रुपमा निर्धारण गरिएको सामाका सचव उत्र कुरमार थुलुङले जानकारी दिनुभयो ।
    बैठकले थुलुङ नाच तोशिको प्रशिक्षण दिलाउनका लागि जीवन थुलुङ, मनदत्त थुलुङ, गोकुल थुलुङ र टेक बहादुर थुलुङ समिल्लीत प्रशिक्षक पहीचान समिति समेत गठन गरेको छ । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकामा थुलुङराईहरुको बहुल्यता रहेको छ भने नेचा सल्यान र सोलुदुधकुण्ड नगरपालिकामा समेत उनीहरुको बसोबास रहिआएको छ । थुलुङको आफ्नै भाषा, संस्कार, संस्कृती रहेकाले त्यसको संरक्षणमा जोड दिन अगुवाहरु लागी परेका छन् । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org