समाचार

  • पञ्चनमा बोलेरो दुर्घट्ना हुँदा एक जनाको मृत्यु सात जना घाईते ।

    भोजराज कार्की,

    सोलुखुम्बु, १९ कात्तिक (सोलु एफ एम)

             जिल्लाको थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ३ पञ्चनमा जीप दुर्घट्ना हुँदा एक जनाको घट्ना स्थलमै मृत्यु भएको छ । अन्य सात जना घाईते भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

         सोही वडाका वडा अध्यक्ष भुपालध्वज राईका अनुसार मृत्यु हुनेमा स्थानीय रामकाजी राईको अन्दाजी १९ बर्षकी छोरी सरिना राई रहेकी छिन् । सोलुहाइड्रो पावर ८६ मेगावाटले प्रयोग गर्ने बा ९ च ९६४७ नम्बरको बोलेरो दुर्घट्ना भएको वडा अध्यक्ष राईले जानकारी दिनुभयो ।

         “चाडपर्वको समयमा दुखत घट्ना घट्यो” गाउँपालिका अध्यक्ष राईले भन्नुभयो, “घाईतेहरुको उद्धार गरि जिल्ला अस्पताल फाप्लु लागिएको छ ।” मंगलबार साझ करिब साढे ६ बजे पञ्चनको पोल्मे भन्ने स्थानमा उक्त बोलेरो खसेको जानकारी प्राप्त भएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी टुक्ति शेर्पाले बताउँनुभयो । घट्नाको अन्य थप विवरण आउन बाँकी छ । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org