समाचार

  • तिहारमा कार्गो सेवा बन्द

    news

    महेन्द्र शाही 
    सोलु एफ.एम २१ कात्तिक 
    सोलुखुम्बु ः  तिहार लागेसँगै फाप्लुबाट खुम्बु ढुवानि हुने कार्गो सेवा बन्द भएको छ । कार्गो ढुवानीको जिम्मा पाएको श्री एयरलाइन्सका कर्मचारी तिहार मनाउन गएकाले केहि समयकालागि ढुवानि सेवा रोकिएको विमानस्थल स्रोतले जनाएको छ ।
         तिहार लगतै पुनः ढुवानि सुरु हने र १ हप्ता भित्रमा सबै समान खुम्बु क्षेत्र पुगिसक्ने नागरिक उड्यन प्राधिकरण फाप्लुका प्रमुख अमित चौरसियाले जानकारी दिनुभयो । अहिले करिब २० देखि २५ फ्लाइट सामन अहिले विमानस्थलमा रहेको प्रमुख चौरसियाले बताउनुभयो ।
    मौसममा कुनै पनि खरावि नआएमा तिहार पछि दैनिक ५ फ्लाइट गरि सामान ढुवानि गरिने र यसरी सामान ढुवानि गर्दा बढीमा १ हप्ता लाग्ने र फाप्लु विमानस्थलको सबै सामान सकिने उहाँको भनाई छ ।  
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org