समाचार

  • जिल्लामा निमोनिया र दमका विरामि बढे ।

    news

    महेन्द्र शाही 
    सोलु एफ.एम २१ कात्तिक 
    सोलुखुम्बु ः चिसो बढेसँगै सोलुखुम्बुमा निमोनिया र दमका विरामि बढेका छन । अन्य समयको भन्दा चिसोको समयमा निमोनिया र दमका विरामि बढेको जिल्ला अस्पताले जनाएको छ । अहिले अस्पतालमा आउने विरामिहरुमा बालबालिका र बृद्धबृद्धा बढीरहेको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।
     अहिले जिल्ला अस्पतालमा दैनिक ६० जना विरामि आउने गरेको त्यस मध्ये बढी जसो विरामि निमोनिया र दमको रहेका जिल्ला अस्पतालका डाक्टर रमिन महर्जनले बताउनु भयो ।
    साधरण अवस्थामा दैनिक ३०—३५ जना सम्म विरामी आउने अस्पतालमा चिसो बढेसँगै हाल विरामीको सख्यांमा दोब्बरले बृद्धि भएको अस्पतालले जनाएको छ । चिसोको समयमा निमोनिया,भाईरल,दम जस्ता समस्याहरुबाट बच्नका लागि शरिरलाई न्यानो राख्न तथा झोलिलो खानेकुरा खान डाक्टरहरुको सुझाब छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org