समाचार

  • आफ्नो संस्कृति जोगाउँदै चाड मनाउन गाउँपालिका अध्यक्षको आग्रह ।

    news

    गार्डेन राई 
    सोलु एफ.एम २१ कात्तिक 
    सोलुखुम्बु ः खुम्बु पासाङ लमु गाउँपालिकाका प्रमुख ङिम दोर्जि शेर्पाले चाडबाडको नाममा तडकभडक बढ्दै गएको बताउँनुभएको छ । पछिल्लो समयमा तिहारमा खेलिने देउसी भैलोमा आधुनिकता भित्रिएको उहाँको भनाई छ । 
    परम्परागत चलन र बाध्य बाधनका सामाग्रीको लोप हँुदै गएको र चाडपर्वमा समेत आधुनिकता भित्रिएको उहाँले उल्लेख गर्नुभयो । लक्ष्मीपुजाको दिन शुरु भई भाईटिकाको दिन अन्त्य हुने देउसी भैलो अहिले केहि लामो समयसम्म खेल्ने चलन छ । यसलाई विस्थापन गरी संस्कृतिको संरक्षणमा सबैले जोड दिनका लागि प्रमुख शेर्पाले आग्रह समेत गर्नुभयो । साथै सार्वजनिक स्थल बाटोघाटोमा देउसीभैलो खेल्दा खच्चड, भरिया र पर्यटकलाई बाधा पुग्ने बताउदै यस कुरामा ध्यान दिन समेत आग्रह गर्नुभयो ।
    यस्तै अहिले संस्कृतिको नाममा विकृति भित्रिएको थुलुङ दुधकोशि गाउँपालिकाका प्रमुख असिम राईले स्पष्ट पार्नुभएको छ । उहाँले मौलिकता हराउदै गएको भन्दै जिम्मेवारी संघ संस्था र व्यक्तिले सचेत भई समाजको विकासको लागि अग्रसर रहनका लागि आग्रह गर्नुभयो ।
    पछिल्लो समयमा विभिन्न संघ सस्थाले विभिन्न उद्धेश्य लिई देउसी भैलोमा रकम संकलन गरिरहेका छन । उक्त संकलित रकम सम्बन्धीत विषयमा मात्र खर्च गर्नुपर्ने समेत प्रमुख राईले सुझाव दिनुभयो । साथै भड्किलो चाडपर्व नमनाई एकआपसमा सद्भाव बाड्न पनि गाउँपालिका प्रमुख राईले आग्रह गर्नुभयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org