समाचार

  • तीन महिनामा पनि भालुको आक्रमणका घाइतेले पाएनन राहात ।

    news

    महेन्द्र शाही 
    सोलु एफ.एम २१ कात्तिक 
    सोलुखुम्बु ः  सोलुखुम्बुको तामाखानिमा भालुको आक्रमणबाट भाईते भएकाहरुले करिब तीन महिना वितेपनि क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् । जिल्ला वन कार्यालयमा क्षतिपूर्तिका लागि कुरा गर्दा त्यसको सुनुवाई नभएको पिडितका आफन्तहरुले गुनासो गरेका छन ।
         भाद्र २९ गते तामाखानिका दुई जना सानुमाया मगर र मन कुमारी मगर तथा असोज ८ गतेको आक्रमणबाट घाइते भएका पेम्बा छिरिङ तामाङले कुनै पनि निकायबातट सहयोग तथा क्षतिपूर्ति नपाएको गुनासो गर्नु भएको छ ।
         क्षतिपूर्तिका लागि बन कार्यालयमा कुरा गर्दा आपूmहरुले नै तलब खान नपाएको गुनासो गरेको पिडित सुस्मा तामाङले बताउनु भयो । आफ्ना श्रीमानको उपचारका लागि करिब ३ लाख खर्च भएको तर कुनै पनि निकायले आपूmलाई सहयोग नगरेको उहाँको गुनासो छ ।
         यता वडा अध्यक्ष गोपाल मगरे भने वडाले ४५ हजार रकम छुट्याइसकेको र तिहार पछि वितरण गरिने बताउँनुभयो । सोलुदुधकुण्ड नगरपालिकाले पनि १ लाख ४५ हजार क्षतीपूर्ति दिने निर्णय गरेको समेत अध्यक्ष मगरेल जानकारी दिनुभयो ।
         यता बन कार्यालयले भने आपूmहरुले निवेदन क्षेत्रिय कार्यालयमा पठाइसकेको जनाएको छ । क्षेत्रिय कार्यालयबाट निर्णय भएर रकम भुक्तान भएमा आपूmहरुले पिडितलाई क्षतिपूर्ती प्रदान गर्ने डिभिजन बन कार्यालयका फरेस्टर खेमराज पौडेलले जानकारी दिनुभयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org