समाचार

  • पन्चन दुर्घटनाका घाइतेलाई डिस्चार्ज गरियो ।

    news

    सोलु एफ.एम २२ कात्तिक 
    सोलुखुम्बु ः सोलुखुम्बु पञ्चनको जीप दुर्घट्नाका घाइते ६ जनाको डिस्चार्ज भएका छन । उपचार भइरहेका गम्भिर घाइते ३ मध्ये मनुकला बाहेक दुई जनालाई बिहिबार डिस्चार्ज गरिएको छ । डिस्चार्ज हुनेमा मनरुपि राई र सविना खत्रीलाई विहिबार राष्ट्रिय ट्रमा सन्टरबाट डिस्चार्ज गरिएको हो ।
    मनुकलाई राईको भने आँखामा समस्या भएकाले तिलगंगामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्ला अस्पताल फाप्लुमा उपचार गराइ रहेका घाइतेहरु राम कुमार राई र दिनेश राईलाई बुधबार र गिता देवी खत्रीलाई बिहिबार डिस्चार्ज गरिएको प्रहरी निरीक्ष देउ कुमार लिम्बुले जानकारी दिनुभयो ।  
         मंगलबार भएको दुर्घटनामा १९ बर्षिया सरिना राईको घट्ना स्थलमै मृत्यु भएको थियो । सोलुहाइड्रो पावर ८६ मेगावाटले प्रयोग गर्ने बा ९ च ९६४७ नम्बरको बोलेरो दुर्घट्ना भएको थियो ।
    उक्त बोलेरो थुलुङदुधकोशी गाउँपालिका १ नेले स्थीत मंगलबारे साप्ताहिक हाटबाट निर्मानाधिन हाईड्रो पावर स्थल पञ्चन तर्फ जादै गर्दा दुर्घट्ना भएको बताईएको छ । उक्त बोलेरोमा सवार सबै साप्ताहीक हाटबाट घरतर्फ जादै थिए ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org