समाचार

  • देउसीमा मौलिकता हराउँदै ।

    news

    सोलु एफ.एम २३ कात्तिक 
    सोलुखुम्बु ः सोलुखुम्बुमा पनि पछिलल्लो समयमा तिहारमा खेलिने देउसी भैलोमा मौलिक पन हराउदै गएको प्रति नागरिकहरुले चिन्ता ब्यक्त गर्न थालेका छन् । मुख्य गरी तिहारमा रमाईलोका लागी खेलिने देउसी भैलोमा पछिल्लो समय क्यासेट,तथा रेकडेट गितहरुको प्रयोग बढ्दै गएको छ ।
    पहिला मादल बजाई समूह समूहमा भट्याई देउसी भैलो खेलिन्थ्यो भने अहिले रकडेट गीत बजाएर नाच्ने गरको तथा भट्याउने परम्परा पनि हराउँदै गएको तिङलाका निर कुमार नेपालीको भनाई छ । यसरी आफ्नो मौलिक परम्परालाई विर्सदै जाने हो भने अवको केहि समयमा हाम्रो परम्परा लोप हुने अवस्थामा पुग्ने नेचासल्यान गाउँपालिकाका शान्ति निरौलाको गुनासो रहेको छ । यस्तो प्रविधिले गर्दा समाजलाई असर पु¥याईरहेको भन्दै अवको युवा पुस्ताले आफ्नो कला संस्कृतिको जर्गेनामा लाग्नु पर्ने माप्यदूधकोशी गाउँपालिकाका देवी प्रसाद घिमिरेको भनाई रहेको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org