समाचार

  • गायक गौतम साइलीको मायाँ सहित अमेरिका जादै ।

    news

    सोलु एफ एम, कात्तिक २६
    सोलुखुम्बु ः गायक तथा सञ्चारकर्मी गौतम सागर राई साईलीको माया बोकेर कर्मभुमि अमेरिका प्रस्थान गर्दैहुनुहुन्छ । चार बर्ष पछि आमाको उपचार गर्न नेपाल आउनुभएका गायक राईले सोमबार अपराह्न अमेरिका प्रस्थान गर्ने बताउँनुभयो ।
    गत भदौ २४ गते नेपाल आउनुभएका राई दुई महिने नेपाल बसाई पछि साईलीको माया बोकेर बाह्य देश प्रस्थान गर्नुहुनेभएको छ । सोलुखुम्बुको पावैमा जन्मनुभएका गौतमले दुई महिने नेपाल बसाईमा पाँच वटा गीत समेत श्रोता एवम् दर्शक माझ सार्वजानिक गर्न भ्याउँनुभयो ।
    जन्मगृह पावैमा रहनुभएका आमालाई आकस्मीक हेलिकप्टर मार्फत उपचारको लागि काठमान्डौ लगेपछि छुट्टि मिलएर नेपाल आउँनुभएका गौतमको दशंै तिहार पनि परिवार संगै वितेको भन्दै खुसी व्यक्त गर्नुभयो । पाँच बर्षको बाल्यकालमै आफ्नो बुबा गुमाउँनुभएका राईले १२ बर्षको कलिलो उमेरमा खुम्बु टे«किङ गएको समेत राम्रै अनुभव सुनाउनुहुन्छ ।
    गीत संगीतमा सानै देखी रुची राख्ने राईले शुख अनि विभिन्न अवसर खोज्दै राजधानी छिर्नुभयो । गाउँकै बिद्यालयबाट प्रवेशीका परिक्षा उर्तीण गनुभएका राईले आरआरबाट संगीतमा प्रमाणपत्र तह सम्मको अध्ययन पुरा गर्नुभएको छ । 
    अमेरिकाको डिभि परेपछि २०७१ सालमा त्यस तर्फ जानुभएका राईले त्याहाँ रहँदा सामाजीक कार्यमा नेतृत्वदायी भुमिका निर्वाह गरेको भन्दै नेपाल आएको अवसरमा मधुवन साहितिक प्रतिष्ठान नेपालले पज्ञाप्रतिष्ठानका उपकलपतिको हातबाट सम्मान समेत गरेको छ । 
    तत्कालनीन अवस्थामा पुर्वाअञ्चलमै पहिलो सामुदायिक रेडियो सोलु एफ एममा कुलुङ र नाछिरिङ भाषाको कार्यक्रम उत्पादक तथा प्रस्तोता भएर काम गर्नुभएका गायक राईले भर्खरै दुई महिनाको अवधीमा भेटौला साईली सोताङ बजार, माया टाढा भयो वोलको पुर्वेलि लोक गीत बजारमा ल्याउनुभएको छ । पुर्वेलि भाका मार्फत संस्कार संस्कृती, गाउँठाउँको बयान गर्न निक्कै सिपालु मानिने राईले अधिकांश गीतहरु पुर्वेलि जुनतारा म्युजीक प्रालि मार्फत बजारमा ल्याउनुभएको प्रालिका अध्यक्ष प्रीयजन राईले बताउँनुभयो । 
    यस्तै गायक  राईले यो समयमा गजल गित भुलु भन्छु, याद बनेर आउँछु अनीदो सधै याद बनेर आउँछु बोलको गीत समेत बजारमा ल्याउन सफल बन्नुभएको छ । कला र गलाको धनी राईले हिन्दु नेपालीहरुको महान चाड तिहारको समयमा देउसी गीत तथा भिडियो समेत बजार ल्याएर लाखौ श्रोताको मन जित्न सफल बन्नुभएको छ । 
    २०६६ सालमा स्थापना भएको मधुवन साहितीक प्रतिठान नेपालको संस्थापक सचिव हुँदै उपाअध्यक्ष र प्रबक्ताको समेत जिम्मेवारी पाउनुभएका राई अमेरिका गएपछि पनि सामाजिक कार्यमा निक्कै सक्रिय हुनुहुन्छ । राईले अमेरिकाको क्लोराडो शहरबाट प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो सोलुएफ एम १०१.२ मेगाहर्जमा साहित्य सम्बन्धि कार्यक्रम समेत सञ्चालन गर्दैहुनुहुन्छ । अमेरिका पुगेपछि लग्तै उक्त कार्यक्र सोलु एफ एम मार्फत प्रत्यक्ष सुृन्न सकिने गौतम सागर राईले बताउँनुभयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org