समाचार

  • स्वर्गीय नेताको परिवारलाई नेकपाको सहयोग ।

    news

    रामधन राई 
    सोलु एफ.एम २९ कात्तिक 
    खोटाङ ः खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका बामपन्थी नेता स्वर्गीय बालकृष्ण आचार्यको परिवारलाई नेपाल कम्युनिष्ट पार्टी खोटाङले आर्थिक सहयोग गरेको छ । गत कात्तिक २१ गते निधन हुनुभएका आचार्यको परिवारको आर्थिक अवस्था कमजोर भएकोले नेकपाले ५१ हजार रुपैंयाँ आर्थिक सहयोग गरेको हो ।
    मृतकको किरिया खर्च लगायतका कामका लागि मृतक परिवारलाई आर्थिक सहयोग गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख समेत रहनुभएको नेकपा नेता बबी चाम्लिङले बताउनुभयो । नेकपाले बिहिबार आचार्यको घरैमा पुगेर सहयोग रकम प्रदान गरेको हो । 
    सहयोग रकम जिसस प्रमुख तथा नेकपा खोटाङको नेता चाम्लिङले मृतकका आफन्त गोपालचन्द्र आचार्यलाई हस्तान्तरण गर्नुभएको हो । यस्तै, नेपाल निजामती कर्मचारी संगठनले पनि मृतक आचार्य परिवारलाई ५ हजार हस्तान्तरण गरेको छ ।  २०१७ साल मंसिर १३ गते जन्मिएका आचार्यको ५८ वर्षको उमेरमा निधन भएको हो । मृतक आचार्य एमालेका जिल्ला प्रतिनिधि परिषद् सदस्य रहनुभएको थियो । सहयोग रकम हस्तान्तरणका लागि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेशसभा सदस्य राजन राई, उषाकला राई, पुर्व सभाषद दुर्गाजयन्ती राई, समिता कार्की लगायतका नेता तथा कार्यकर्ता आचार्यको घरमा पुगेका थिए ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org