समाचार

  • ओखलढुङको खिजिदेम्बामा समुदाय –प्रहरी समिति गठन ।

    news

    सोलु एफ.एम २९ कात्तिक 
    सोलुुखुम्बु ः ओखलढुङगाको खिजीदेम्बा गाउँपालिकामा समुदाय–प्रहरी पालिका समिति गठन भएको छ । सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न नेपाल प्रहरी र स्थानीय तह बीच भएको समझदारी अनुसार समुदाय–प्रहरी पालिका समिति गठन गरिएको हो ।
    पालिका प्रमुख वेदबहादुर रोकाको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको हो । समितिमा पालिका उपाध्यक्ष सुशिला तामाङ सह–संयोजक, जिल्ला प्रहरी कार्यालय ओखलढुगांले तोकेको सिनियर प्रहरी अधिकृत प्रहरी निरीक्षक राजकुमार बस्नेत सह–संयोजक, वडा नं ५ का वडा अध्यक्ष रामकुमार सुनुवार सदस्य, इलाका प्रहरी कार्यालय खिजीफलाटेका प्रमुख मधुबहादुर देउजा सदस्य सचिव र पालिका स्तरीय संघसंस्था तथा नागरिक समाजका प्रतिनिधि अन्य १६ जना सदस्य रहनु भएको छ ।
    “सुरक्षा विकासको पूर्व सर्त हो र विकास सुरक्षित समाजको आधार हो” भन्ने अन्तर सम्बन्धलाई मनन् गर्दै सामुदायिक प्रहरी सेवाको अवधारणा अनुरुप यो कार्यक्रम अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुगांका प्रहरी निरीक्षक राजकुमार बस्नेतले बताउनुभयो । समिति गठन गर्न खिजीदेम्बा आउनुभएको बस्नेतले स्थानीय विकास, सेवा प्रवाह र सुरक्षालाई एकिकृत रुपमा अगाडी बढाउने उदेश्य राखिएको उल्लेख गर्नुभयो । समितिका संयोजक वेदबहादुर रोकाले सुरक्षा चुनौतीहरु, सामाजिक विकृति विसंगति र अपराध उन्मुख समस्याहरुको पहिचान गरी कार्यक्रम संचालन गर्न समिति सक्रिय हुने विश्वास व्यक्त गर्नुभयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org