समाचार

  • मौसम प्रतिकुलताले हवाइ सेवा ठप्प ।

    news

    महेन्द्र शाही 
    सोलु एफ.एम ३ मंसिर 
    सोलुखुम्बु ः सोलुखुम्बुको तेञ्जिङ हिलारी बिमानस्थल लुक्लामा मौसमा प्रतिकुल भए पछि हवाइ सेवा प्रभावित भएको छ । मौसममा आएको खराविले लुक्ला विमानस्थलमा कुनै पनि उडान र अवतरण हुन नसकेको नागरिक उड्यान प्राधिकरण लुक्लाले जनाएको छ ।
    मौसम प्रतिकुलताका कारण उडान रोकिदा पर्यटक समस्यामा परेका छन । काठमाडौँको लागि टिकट लिइसकेका पर्यटक उडान नहुदा लुक्लामा नै बास बसेका छन् ।
    केहि पर्यटक हेलिकप्टरमा गएको भए पनि अधिकांश पर्यटक लुक्लामा नै अलपत्र परेको लुक्ला विमानस्थलका इन्चार्ज इमानाथ अधिकारीले जानकारी दिनुभयो । नियमीत उडान भर्दै आएका तारा, समिट र सिता एयरको १५÷१५ वटा गरि जम्मा ४५ उडान रद्ध भएको छ । उक्त उडान रद्ध हुँदा करिब ४ सय पर्यटक अलपत्र परेका छन् ।
    काठमाडौबाट लुक्लाको लागि उडेको तारा एयरको २ वटा बिमान सदरमुकाम स्थीत फाप्लु बिमानस्थलमा अवतरण गरिएको छ । फाप्लु बिमानस्थलको मौसम अनुकुल भएपछि फाप्लुमानै अवतरण गरिएको नागरिक उड्यान प्राधिकरण फाप्लुका प्रमुख अमित चौरसियाले जानकारी दिनुभयो । 
    उहाँका अनुसार फाप्लुमा भने सोमबार चार वटा उडान भएकोे छ । तारा एयरको नियमीत उडान तालिका अनुसार एउटा र दुई वटा लुक्लाबाट ड्रईभड गरिएको र एउटा समिटि एयरको च्याटर उडान भएको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org