समाचार

  • मलेसिया र उत्तर कोरीयाबिचको कुटनीतिक सम्बन्ध चिसियो, मलेसियाले राजदूत फिर्ता बोलायो

    फागनु १० – उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनका भाइ किम जोङ नामको मलेसियामा हत्या भएपछि मलेसिया र उत्तर कोरीयाबिचको कुटनीतिक सम्बन्ध चिसिएको छ ।

    उत्तर कोरियाले नामको हत्यामा मलेसियाको हात रहेको आरोप लगाएपछि रुष्ट बनेको मलेसियाले उत्तर कोरियाबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ भने उत्तर कोरियाली राजदूतलाई स्पष्टिकरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।

    मलेसियाले उत्तर कोरियाले झुठो तथा अफवाहको भरमा आरोप लगाएको बताएको छ । मलेसियाली प्रहरीले भने एयरपोर्टमा आफ्नो फ्लाइटका लागि पर्खिरहेका बेला नामलाई बिष खुवाइएको हुन सक्ने आशंका गरेको छ ।

    प्रहरीले हत्यामा संलग्न भएको आशंकामा चार जना उत्तर कोरियालीको खोजी गरिरहेको बिबिसीले जनाएको छ । नामको गएको हप्ता मलेसियाको क्वालालम्पुरस्थित विमानस्थलमा हत्या भएको थियो ।

     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org