समाचार

  • स्वाथ्य शिविर सम्पन्न ।

    news

    याङजी राई 
    सोलु एफ.एम १४ मंसिर 
    सोलुखुम्बु ः खुम्वु पासाङ ल्हमु गाउँपालिकामा रहेको पासाङ ल्हमु निकोलनिकी अस्पतालमा सम्पन्न आँखा शिबिरमा ८ सय ८ जनाले सेवा लिएका छन् । मङ्सिर  १२ गतेदेखि १४ गते सम्म भएको शविरमा उक्त सेवा ग्राहीले आँखा परीक्षण गराएका हुन् ।
    दृष्टिदोष भएकाहरुको लागि लक्षित गरेर गरिएको शिबिरमा १ सय २९ जनालाई चस्मा वितरण गरिएको आयोजकले जनाएको छ । शिविरमा जेष्ठ नागरिकहरुलाई निःशुल्क चस्मा बितरण गरिएको पनि अस्पतालले बताएको छ । शिबिर पासाङ ल्हमु निकोल निक्की अस्पतालको आयोजनामा सम्पन्न भएको थियो ।
         यसैबीच, खुम्बु पासाङ् ल्हमु गाउँपालिका ३ मञ्जुमा रहेको मञ्जु सामुदायिक क्लिनिक स्वास्थ्य क्लिनिकमा नोभेम्बर महिनामा ८१ जनाले सेवा लिएका छन् । खुन्दे अस्पताल र हिमालयन ट्रष्ट नेपालद्धारा सञ्चालित उक्त क्लिनिकमा ८१ बिरामीले सेवा लिएका हून् ।
       उपचार सेवा लिनेहरुमा मुख तथा कानको समस्या, झाडापाखाला, उच्च रक्तचाप, गल्फुला, निमोनिया जस्ता समस्या १÷१ जना, आखाँ, टाउको दुख्ने, कलेजो र पिलो सम्बन्धि समस्या २÷२ जना रहेका छन् । त्यसै गरी पिनास, बाथ रोग जोर्नी सम्बन्धि समस्यामा ४÷४ जना, लडी घाईते भएका ७, ग्याष्ट्रिक १३, स्वासप्रश्वास २६, परिवार नियोजनका ३ जना  रहेका छन् । जसमा ठूला उमेर समूहका पुरुष ३२, महिला २१, बाल समूह उमेरका बिरामीहरुमा पुरुष ७, महिला ९ गरि जम्मा ८१ जनाले सेवा लिएको क्लिनिक अहेव ल्हाक्पा ग्याल्जेन शेर्पाले जानकारी दिनु भयो ।
         अक्टोबर देखी यता वृद्धि भएको विरामीको चाप अब भने घट्दै जाने क्लिनिकले जनाएको छ । खुम्बु क्षेत्र भित्र कामको लागि साथै प्राकृतिक दृश्य अवलोकन गर्न आउने पर्यटकको संख्या घट्दै गएको हुनाले बिरामीको चाप पनि घट्दै जाने क्लिनिक अहेवा शेर्पाको भनाई रहेको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org