समाचार

  • खिमाको दोहोरी गित तातो तातो कफिको म्युजिक भिडियो बजारमा ।

    news

    यमुना मगर 
    सोलु एफ. एम १४ मंसिर 
    काठमाडौँ ः गायिका खिमा रोका मगरर गायक तेजेस रेग्मी को रोइला दोहोरी गित तातो तातो कफि को भरखरै म्युजिक भिडियो बजारमा आएको छ । मँसिरको पहिलो हप्तामा निर्माण भइको भिडियोको सिभम पोखरेलले निर्देशन तथा मुकेश हुमागाईले छायाङकन गर्नु भएको छ । धर्मास्थली काठमाण्डौमा उक्त गितको म्युजिक भिडियो छायाङकन सकिएको थियो । रोइला गितमा ठट्यौली शब्दहरुलाई लयमा उतारेका छन । यो गितको शब्द लय यसै गितका गायक तेजेस रेग्मीको रहेको छ । गायिका खिमा रोका मगरको यो भन्दा अगाडी पनि दर्जन भन्दा बढी गितहरु बजारमा आइसकेका छन त्यो मध्ये  आलु मिठो तारा खोलाको ,पञ्चेबाजा लोक गित निकै चर्चामा रहेको गित हो  । दोहोरी गाउनमा निक्कै अब्बल रहेका गायिका  खिमा ले यो गित पनि अत्यन्त राम्रो बनेको बताउनुभयो र दर्शक स्रोताको मन जित्न सक्नेमा बिस्वास समेत ब्यक्त गर्नुभयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org