समाचार

  • महाकुलुङमा ल्याव सेवाको सुरुवात ।

    news

    सोलु एफ.एम १६ मंसिर 
    सोलुखुम्बु ः सोलुखुम्बुको महाकुलुङमा ल्याव सेवाको सुरुवात भएको छ । ल्याब सेवा सुरुवात भएसँगै सोताङ तथा फाप्लु आउनु पर्ने समस्या समाधान हुने विश्वास गरिएको लिइएको छ ।
    आइतबार सुभारम्भको अवसरमा २० जनाले सेवा लिएको गाउँपालिका स्वाथ्य संयाजक हरी प्रसाद आचार्यले जानकारी दिनुभयो । आइतबार रगत समूह छुट्याउने, सुगर, पिसाव, दिसा लगाएतका सेवा दिइएको छ ।
    ल्यावको सुभारम्भ कार्यक्रमा बोल्दै प्रदश सभा सदस्य उत्तम कुमार बस्नेतले छिट्टै स्वाथ्य चौकिलाई अस्पतालमा स्तर उन्नति गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । त्यस्तै गाउँपालिका प्रमुख सागर किरातिले सेवालाई निरन्तर दिन गाउँपालिका लागि परेको जानकारी दिनुभयो ।
    ल्याव सेवाको सुरुवात गर्नका लागि गाउँपालिकाको ३ लाख ५० हजार लागतमा निर्माण गरिएको हो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org