समाचार

  • महाकुलुङमा घुम्ती सेवा सञ्चालन हुने ।

    news

    सोलु एफ.एम १८ मंसिर 
    सोलुखुम्बु ः सोलुखुम्बुको महाकुलुङमा २ दिने एकिकृत घुम्ती शिविर सञ्चालन हुनेभएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको नेतृत्वमा मंसिर २२ र २३ गते उक्त शिविर सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिनुभयो ।
         महाकुलुङ गाउँपालिका संगको समन्वयमा सञ्चालन हुने उक्त शिविरमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिने नयाँ नेपाली नागरिकता तथा प्रतिलिपि, नावालक परिचयपत्र लगाएतको सेवा प्रदान गरिने छ । यस्तै जिल्ला प्रहरी कार्यालय मार्फत महिला तथा बालबालीका हिंसा न्यूनकिरण सम्बन्धि जनचेतनामुलक कार्यत्रलम सञ्चालन गरिने प्रजिअ रानाले बताउँनुभयो ।
         महाकुलुङ गाउँपालिका सञ्चालन हुने उक्त शिविरमा स्वास्थ्य जाँच, आँखा सम्बन्धि जाँच तथा उपचार, बाणिज्य र उद्योग दर्ता, उद्योग ठाउँसारी, पुजी बृद्धि लगाएतको सेवा प्रदान गरिने आयोजकले जनाएको छ । सदरमुकाम देखी भौगोलिक हिसाबमा टाढा रहेको उक्त गाउँपालिकाका अध्यक्ष सागर किराँतीले आयोजीत शिविरमा आई सेवा लिन सबै गाउँपालिका बासीलाई अनुरोध समेत गर्नुभयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org