समाचार

  • काकुको प्रहरी चौकिको ८० प्रतिशत निर्माण सकियो ।

    news

    याङ्जी राई 
    सोलु एफ.एम १८ मंसिर 
    सोलुखुम्बु ः माप्यदुधकाशी गाउँपालिका ४ काकुको प्रहरी चौकी भवन निर्माणको काम ८० प्रतिशत  सम्पन्न भएको छ । प्रहरीहरुका लागि बन्दै गरको भवन अहिले ८० प्रतिशत सम्पन्न भएको जनाईएको छ ।
    आर्थिक वर्ष २०७४÷७५ मा नेपाल पुनःनिर्माण तथा शान्ति मन्त्रालयबाट विनियाजित १ करोड २७ लाख ५४ हजार रकमबाट निर्माणधिन भवनको ८० प्रतिशत काम सम्पन्न भएको वडा अध्यक्ष डबलसिंह राईले जानकारी दिन भयो ।
    अस्थायी प्रहरी चौकीका लागि स्थानीय जग्गा उपलब्ध गराएपछि प्रहरी चौकी भवन निर्माण गरिएको हो । प्रहरी चौकी भवन निर्माण सकिएपछि सेवा प्रवाहमा सहजता आउने विश्वास लिईएको छ । यस्तै गाउँपालिकाको ५० लाख लगानीमा सोही गाउँपालिका केन्द्रमा समेत प्रहरी चौकी भवन निर्माण भइरहेको छ । उक्त भवनको करिब ७० प्रतिशत काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनुभयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org