समाचार

  • लैङ्गिक हिंसाका अभियानको अवसरमा अन्तरक्रिया कार्यक्रम ।

    news

    अन्जु कार्की 
    सोलु एफ.एम १८ मंसिर 
    सोलुखुम्बु ः लंैगिक हिसांको १६ दिने अभियान अन्तरर्गत मंगलबार १० औ दिन सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ६ मा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । लैगिक हिंसा र दुव्र्यवहार  छैन हामीलाइ स्वीकार भन्ने मुल नाराका साथ जारी उक्त अभियान अन्तरर्गत मंगलबार वडा नम्बर ६ मा अन्तरक्रिया गरिएको हो ।
        अन्र्तक्रिया कार्यक्रममा सामाजिक हिंसा,मानसिक हिंसा, लैंगिक हिंसाका प्रकारहरुकोबारेमा जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब निरीक्षक खगेश्वर खतिवडाले सहजिकरण गर्नुभएको थियो ।
    हाल सम्म ५ प्रतिशतले मात्र कानुनी उपचार खोज्ने गरेको र ९५ प्रतिशतले घट्नालाई बाहिर ल्याउन  नसक्दा महिलाहरु हिंसामा पर्ने गरेको खतिवडाले बताउँनुभयो । प्रमुख अतिथि सोलुदुधकुण्ड नगरपालिकाकी उप–प्रमुख कल्पना राईले कुनै पनि महिला अब हिंसामा पर्ननहुने बताउँनुभयो । हरेक स्थानिय तहमा प्रहरी अधिकृत सहितको गुनासो सुनुवाइ समिति हुने भएकाले सुरक्षित आभास हुने उप–प्रमुख राईको भनाई छ ।
         त्यस्तै कार्यक्रमका अतिथि वडा नम्बर ६ का वडा अध्यक्ष रामकुमार श्रेष्ठले जो कोहीले हिंसा नगर्ने र अरुलाइ पनि सचेत गराउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम वडा कार्यलयको सभा हलमा सम्पन भएको हो  ।
    सोही कार्यक्रममा बीच वडाभित्र रहेका अपाङगता भएकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ । वडा भित्रका १२ जना अपाङ्गता भएका व्यत्तिलहरुलाई न्यानो कपडा प्रदान गरिएको हो ।
         ४ जना महिला र ८ जना पुरुषलाइ न्यानो कपडा ज्याकेट प्रदान गरिएको वडा अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  जाडो महिनामा अपाङगता भएकाहरुलाइ न्यानो होस भन्ने उदेश्यले ज्याकेट बितरण गरिएको वडा अध्यक्ष श्रेष्ठको भनाइ छ । 
         यसैबीच,  सोलुखुम्बुको सोताङ गाउँपालिकामा लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान सम्पन भएको छ । सबै वडामा अन्र्तक्रिया कार्यक्रम गर्दै मंगलबार गाउँपालिकाको सभाहलमा  कार्यक्रम समापन गरिएको सोताङ गाउपालिकाकी प्रवक्ता मनसरि राईले जानकारी दिनुभयो ।
       लैगिंक हिसां न्युनिकरणको बारेमा वडावडामा  अन्र्तक्रिया सञ्चालन गरिएको प्रवक्ताको भनाइ छ । प्रदेश नम्बर १ क का  संसद उत्तम कुमार बस्नेतले समाजमा रहेका समस्याको पहिचान गरेर समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रम सोताङ गाउँपालिका उपप्रमुख लक्ष्मी बस्नेत कार्कीको सभाअध्यक्षतामा सम्पन भएको हो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org