समाचार

  • अझै जोडिएन खुम्बुपासाङमा सडक सञ्जाल ।

    news

    महेन्द्र शाही 
    सालु एफ.एम १८ मंसिर 
    सोलुखुम्बु ः सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हमु गाउँपालिका बाहेक अरु सबै स्थानिय तहमा मोटरबाटो पुगेको छ । महाकुलुङ गाउँपालिकाको वडा नं ४  र ५ गुदेल सडक सञ्जालले जोडिन सकेको छैन भने सडक सञ्जाल नपुग्ने स्थानिय तहमा खुम्बुपासाङ ल्हमु गाउँपालि रहेको छ ।
    यो आर्थिक वर्षमा गाउँपालिकाको केन्द्र चोरीखर्कसम्म सडक पु¥याउने लक्ष्य रहेको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरि शेर्पाले बताउँनुभयो । खुम्बु पासाङ ल्हमु गाउँपालिकाको केन्द्रसम्म सडक सञ्जालले जोडनका लागि माप्यदुधकोशि गाउँपालिकाको अंधेरीबाट करिब ३५ किलोमिटरको दुरी रहेको र अँधेरीसम्म सडक पुगिसकेकाले यो आर्थिक वर्षमा गाउँपालिका सम्म पु¥याउने लक्ष्य लिइएको शेर्पाको भनाइ छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org