समाचार

  • आफ्नो हो भन्ने भावनाका साथ कार्य गर्न प्रजिअ रानाको अनुरोध ।

    news

    महेन्द्र शाही 
    सोलु एफ.एम १८ मंसिर 
    सोलुखुम्बु ः विद्यालयलाई व्यवस्थित बनाउनकालागी विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थान समितिका अध्यक्ष जागरुप हुनु पर्ने प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले बताउनु भएको छ । जिल्ला प्रशासन कार्यापालिमा विद्यालयका विषयमा गुनासाहरु आएको भन्दै सबैजना सचेत नभएमा आपूm कार्वाहिका लागि बाध्य हुनु पर्ने चेतावनि समेत दिनुभयो ।
    मंगलबार सल्लेरीमा आयोसजित राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रिय कार्यान्वयन इकाइ (शिक्षा) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । प्रजिअ रानाले विद्यालयको काम समयमा सक्न र गुणस्तरिय काम गर्न निर्देशन समेत दिनु भएको छ । गलत कार्य नगर्न आग्रह गर्दै काम गर्दा गर्दै पनि कसैले दुःख दिन्छ भने त्यस्ता विषयमा आपूmलाई जानकारी गराउन आग्रह गर्नु भएको छ ।
    समयमा नै सार्वजनिक सुनुवाइ गर्न र कार्यको प्रगति विवरण सार्वजनिक समेत गर्न आग्रह गर्नु भएको छ । विद्यालयको प्रधानाध्यापक विद्यालयका शिक्षक भन्दा पनि प्रशासक भएको भन्दै प्रशासकले गर्नु पर्ने काम गर्न समेत उहाँले आग्रह गर्नु भएको छ ।
    आफ्नो हो भन्ने भावनाका साथ कार्य गर्न सम्पूर्ण प्रअलाई आग्रह समेत गर्नु भएको छ । सोहि कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख वीर कुमार राईले सबै गाउँपालिकाले नाम दिएका विद्यालयलाई छनोट गरिएको बताउनु भयो । समयमा काम नगर्ने विद्यालयलाई कार्वाहि गरिने समेत उहाँले चेतावनि दिनु भएको छ । पहिलो चरणमा अतिआवश्यक विद्यालयमा भवन निर्माणको योजना पारिएको राईको भनाइ रहेको छ । विद्यालयको अनुगमन गरिने र नियम विपरितका कार्य गरेको पाइएमा कडा भन्दा कडा कार्वाहि गरिने समेत उहाँले बताउनु भयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org