समाचार

  • खिजिदेम्बामा पहिलो पटक दन्त शिविर सञ्चालीत ।

    news

    स्वर्णिमा सुनुवार 
    सोलु एफ.एम १९ मंसिर 
    सोलुखुम्बु ः  ओखलढुङगाको खिजिदेम्बा गाउँपालिकामा पहिलो पटक दन्त शिविर सुरु  भएको छ । डेनी हेल्थ कियर सेन्टर बाम्ति भण्डार रामेछापको आयोजनामा ३ दिने दन्तशिविर बुधबारबाट सुरु भएको हो । सिविरको पहिलो दिन १७ जनाले सेवा लिएको आयोजकले जनाएको छ ।
    बुधबार दाँत भर्ने, दाँत सफा गर्ने, दाँत राख्ने लगायतको सेवा प्रदान गरिएको बताइएको छ । शसुल्क भएपनि गाउँमा पहिलो पल्ट शिविर भएकाले स्थानिय खुसी भएका छन् । शिविर २१ गते शुक्रबार सम्म जारी रहने डेनी हेल्थकियरका सञ्चालक नगेन्द्र हमालले जानकारी दिनुभयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org