समाचार

  • अर्गानिक कफि उत्पादन सम्बन्धित प्रशिक्षण कार्यक्रम सम्पनन ।

    news

    सोलु एफ.एम १९, मंसिर 
    खोटाङ ः खोटाङको ऐँसेलुखर्क गाउँपालिकाको ३ वटा वडामा कफि उत्पादन प्रसोधन सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका भित्रका सबै ७ वटा वडामा कार्यक्रम सञ्चालन गरिने अर्गानीक कफि को अपरेटिभले जनाएको छ ।
         बुधबार सकिएका वडाहरुमा वडा नं ३,६ र ७ हरेका छन । वडा नं ३ मा ३४ जना सहभागि रहेको र उनिहरुलाई विउ देखि कप सम्मको विषयमा प्रशिक्षण दिइएको अपरेटिभका अध्यक्ष ज्ञानेन्द्र कुमार राईले बताउनु भयो ।
         त्यस्तै वडा नं ६ मा २४ जना र वडा नं ७ मा ३१ जनालाई प्रशिक्षण दिइएको अध्यक्ष राईले जनाकारी दिनुभयो । वडा नं ३ का अध्यक्ष राजेश राजभण्डारीले सहभागिलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो । यता वडा नं ६ का अध्यक्ष मिन बहादुर  राई तथा वडा नं ७ का वडा अध्यक्ष फूलकमल राईले आ–आफ्ना वडाका सहभागिलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
    कार्यक्रममा सबै वडाका वडा अध्यक्षहरुले गाउँपालकामा यस विषयमा पहल गर्ने तथा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
         कार्यक्रम विहिबार वडा नं ५ महेश्वरी र वडा नं १ राखाबाङदेलमा हुने समते वडा अपरेटिभका अध्यक्ष राईले जानकारी दिनुभयो । कार्यक्रम गाउँपालिकाको सहयोग र इको हिमाल नेपालको आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org