समाचार

  • राष्ट्रिय खेलकुदको तयारीमा जुट्दै सोलुखुम्बु ।

    news

    सोलु एफ.एम १९, मंसिर 
    सोलुखुम्बु ः जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुले आफ्नै पहलमा राष्ट्रिय खेलकुदको तयारी सुरु गरेको छ । सधै भरि बन्द प्रशिक्षणमा राख्न सक्ने जिल्लाको आर्थिक अवस्था नरहेकाले जिल्लाका खेलप्रेमी व्यक्तिहरुको सहयोगमा तयारी थालिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डि.वि रानापालले जानकारी दिनुभयो ।
    जिल्लाबाट जाने खेलाडिलाई जम्मा ७ दिन मात्र प्रशिक्षण गराएर प्रतियोगितामा सहभागिता जनाउनु पर्ने वाध्यता रहेको रानापालको गुनासो गर्नु भयो । राष्ट्रिय खेलकुद परिषदले जिल्ला छनोटका लागि २ लाख ७० हजार रकम उपलब्ध गराउने गरेको र सो रकम खेल सामग्री तथा खेलाडिलाई पोसाक वितरणमाका लागि पनि नपुग्ने अध्यक्ष रानापालको भनाइ छ ।
    जिल्लाबाट १ सय १५ खेलाडिलाई छनोट गर्नु पर्ने त्यस्तै अफिसियल सिहत १ सय ३० जनालाई याताया तथा वसोबासको लागि समेत नपुग्ने उहाँले जानकारी दिनुभयो । जसले गर्दा खेलाडिले उत्कृष्ट खेल प्रदर्शन गर्न नसकेको उहाँले बताउनु भयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org