समाचार

  • सार्वजनिक सुनुवाई गर्ने पहिलो गाउँपालि बन्यो थुलुङदुधकोशि ।

    news

    भोजराज कार्की 
    सोलु एफ.एम १९, मंसिर 
    सोलुखुम्बु ः चालु आर्थिक बर्षको पहिलो चौमासिकमा सार्वजनिक सुनुवाई गर्ने स्थान्ीय तहमध्ये थुलुङ दुधकोशी गाउँपालिका पहिलो बनेको छ । गाउँपालिकाको आयोजना तथा सगरमाथा सर्तकता समाजद्धारा संचालित सुशासन प्रर्वद्धन परियोजनाको सहजीकरणमा पहिलो चौमासिकमा भएका कार्यक्रमको बारेमा सार्वजानीक सुनवाई गरिएको हो ।
         गाउँपालिका केन्द्र मुक्लिमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा पहिलो चौमासिकमा चालु तर्फ ६ करोड ९४ लाख ७७ हजार ९५६ रुपैया खर्च गरिएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिनुभयो । पहिलो चौमासिकमा विकास निर्माण तर्फ २ करोड एक लाख २६ हजार २ सय ९७ रुपैया खर्च गरिएको छ ।
     गाउँपालिकालाई प्राप्त १३ करोड ३ लाख ९९ हजार ६ सय ४४ रुपैँयाँमध्ये   ८ करोड ९६ लाख ४ हजार २५३ रुपैँयाँ खर्च गरिएको छ । प्रतिशतमा हेर्दा चाुल तर्फको खर्च ५३.२८ प्रतिशत हो भने पुजीँगत तर्फको १५.४४ प्रतिशत हो । चालुबर्षमा १सय ९१ वटा योजना रहेको गाउँपालिकामा १९ वटा योजना सम्झौता भएको छ भने ७ वटा योजनाको फरफारक गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिनुभयो ।
         बर्खा र पुर्वाधार निर्माणका क्षेत्रमा खाद्यान्न बाली भएकाले पनि पहिलो चौमासिकमा उल्लेख्य प्रगती नदेखिएको गाउँपालिकाले जनाएको छ । सुनुवाई कार्यक्रममा सडक, कृषि, स्वास्थ्य, विद्युत, बालविवाह र न्यायिक समिति लगायतका क्षेत्रवाट राखिएको जिज्ञासाको जवाफ दिदै गाउँपालिका अध्यक्ष असिम राईले हरेक क्षेत्रमा अन्य स्थानीय तहको तुलनामा थुलुङ दुधकोशी गाउँपालिका अग्रभागमा रहेको दाबी गर्नुभयो ।
    कर्मचारी अभावको जिज्ञासामा अध्यक्ष राईले राष्ट्रिय समस्या भएपनि चाँडै हल गर्ने कोशिसमा रहेको बताउनुभयो । अध्यक्ष राईले गाउँपालिकाको नाम पहिचान र सामथ्र्यको आधारमा नाम र सतप्रतिशत सहमतिमा केन्द्र राख्न सफल भएको दाबी गर्नुभयो । गाउँपालिकाको निर्माणाधिन प्रिफाईभ भवन, ऐन नियम निर्माण, विकासको कामलाई व्यवस्थित बनाउन डिपिआर निर्माण, हरेक वडालाई गाउँपालिकासम्म जोड्नका लागि सडक निर्माण, सुचना र प्रविधिको क्षेत्रमा पनि गाउँपालिका अब्बल रहेको  दाबी गर्नुभयो ।
         कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सविता राईले गाउँपालिका भित्रका हरेक घटनालाई मेलमिलापवाट टुंगो लगाइएको जानकारी दिनुभयो । कानुनी सल्लाहकारको करार सम्झौता बाँकी रहेको र पुर्वाधार निर्माण हुनासाथ मेलमिलाप केन्द्र स्थापना गरि न्यायीक समितिलाई व्यवस्थित बनाईने उहाँले बताउनुभयो । सुनुवाई कार्यक्रममा वडाअध्यक्ष, वडासदस्य सहित कार्यपालिका सदस्य र शिक्षा, कृषि लगायतका विषयगत क्षेत्रका व्यक्तिहरु सहित सर्वसाधारणको उपस्थिती रहेको थियो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org