समाचार

  • ठूलो दुर्घटनाबाट जोगियो विमान ।

    news

    सोलु एफ.एम २० मंसिर 
    सोलुखुम्बु ः सोेलुखुम्बुको लुक्ला विमानस्थलमा विमानलाई टेक अफ रिजेक्ट गरिएको छ । उड्ने क्रममा धावन मार्गमा नै हाइड्रोलिक लिकेच भएकाले विमान उड्न नसेको हो ।
         विमानका चालक तथा यात्रुहरु सबै सकुसल रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानमा चालक दलका सदस्य सहित १७ जना यात्रु रहेका थिए । जस मध्य ११ जना विदेशि, ३ जना चालक दलका सदस्य र ३ जना नेपाली रहेका थिए । लुक्का विमानस्थका अनुसार यो विहिबारको अन्तिम उडान थियो । यो विमानलाई विहिबार उडाउन नसकिएकाले यो विमानलाई लुक्लामा नै राखिएको छ ।
         धावन मार्ग छोड्नु भन्दा पहिले नै समस्या थाहा भएकाले कुनै समस्या नभएको लुक्का विमास्थलका इन्चार्ज इमानाथ अधिकारीले जनाकारी दिनुभयो । विग्रेको विमानलाई काठमाडौ बाट आएका प्राविधिकिले मर्मत गरिसकेकाले शुक्रबार उडान भर्ने अधिकारीको भनाइ छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org