समाचार

  • कार्यालय समयमा ट्रिपर सञ्चालनमा रोक ।

    news

    सोलु एफ.एम २० मंसिर 
    सोलुखुम्बु ः सोलुखुम्बुमा कार्यालय समयमा ट्रिपर चलाउन रोक लगाइएको छ । विहिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
         साघुरो सडकमा कार्यालय समयमा ट्रिपरको आवत जावत कम गरि सवारी आवागमनमा सहजता ल्याउनकालागि टिपर चलाउन रोक लगाईएको हो । जिल्लामा विहान ९ बजे देखि ११ बजे सम्म र दिउँसो ३ बजे देखि साँझ ५ बजेसम्म टिपर सञ्चालनमा रोक लगाइएको अस्थायी ट्राफिक पोष्ट सोलुखुम्बुका इन्चार्ज संजिव चौधरीले जानकारी दिनुभयो ।
         प्रदेश एकभरिनै ट्रिपर सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय अनुसार नै जिल्लामा पनि यस्तो निर्णय गरिएकोे इन्चार्ज चौधरीको भनाई छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकको निर्णय अनुसार  पुष १ देखि लागु हुने गरि यस्तो निर्णय गरिएको बताइएको छ ।
         प्रदेश नं १ ले गरेको निर्णयलाई नै आपूmहरुले पुर्णरुपमा पालना गर्ने गरि निर्णय गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाको भनाई छ । ट्रिपरको आतङक रोक्नका लागि देश भरिनै यस्तो निर्णय भइरहेको समयमा सोलुमा पनि राजमार्ग तथा शहरी क्षत्रमा ट्रिपर रोक लगाइएको हो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org