समाचार

  • अझै ६ सय २९ कक्षा कोठा पुनःनिर्माण हनु बाँकी ।

    news

    सोलु एफ.एम २० मंसिर 
    सोलुखुम्बु ः सोलुखुम्बुमा भुकम्पबाट क्षति पुगेका ६ सय ७ ओटा विद्यालयको कक्षा कोठा पुनः निर्माण भएका छन । पनुः निर्माण भएका कक्षा कोठाहरुमा सरकारी स्तरबाट ३ सय १० र गैर सरकारी संघ सस्थाबाट २ सय ९७ पुनःनिर्माण भएका हुन् ।
    जिल्ला भरिका २ सय ३५ विद्यालयको १ हजार २८ कक्षा कोठा पुर्णरुपमा क्षती भएको  पुनःनिर्माण प्राधिकरण शिक्षा जिल्ला प्रमुख क्षेत्र बहादुर भण्डारीले जनाकारी दिनुभयो । उहाँका अनुसार २ सय ८ कक्षा कोठामा आंशिक क्षति पुगेको थियो । आंशिक र पुर्ण गरि १ हजार २ सय ३६ ओटा कक्षाकोठाको पुनःनिर्माण गर्नुपर्नेमा हाल सम्म ६ सय ७ वटा कक्षा कोठा पुननिर्माण भईसकेको प्राधिकरणले जनाएको छ ।
    यसरि हेर्दा अहिलेसम्म सोलुखुम्बुमा अझै पनि ६ सय २९ ओटा कक्षा कोेठाको पुनःनिर्माण हुन बाँकी छ । यो आर्थिक वर्षमा ७६ वटा कक्षा कोठा पुनः निर्माण गरिने पुनःनिर्माण प्राधिकरण शिक्षाका जिल्ला प्रमुख भण्डारीले जनाकारी दिनुभयो । अझैपनि यो वर्ष ५ सय ५३ वटा कक्षा कोठा निर्माण गर्ननसकिने बताईएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org