समाचार

  • नेचासल्यानमा ट्याक्टर दुर्घटना चालक घाइते ।

    news

    सोलु एफ.एम २६ मंसिर 
    सोलुखुम्बु ः सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदा चालक घाइते भएका छन् । मंगलबार राति ८ बजे नेचासल्यान गाउँपालिका वडा नं ५ को खहरे खोलामा लु ३ त ९९७४ नम्बरको ट्याक्टर १ सय मिटर तल खस्दा चालक घाईते भएका हुन् ।
         दुर्घटनामा ट्याक्टरका चालक उदयपुर कटारी नगरपालिका ६ का मन बहादुर गोले घाइते भएका छन । घाइते चालक गोलेको मिसन अस्पताल ओखलढुंगामा उपचार भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
         ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमन छ । दुर्घट्ना भएको ट्याक्टरलाई खोलाबाट निकाल्ने काम भइरहेको प्रहरी नायब उपरीक्षक सालिग्राम शर्माले जानकारी दिनुभयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org