समाचार

  • वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि पावै स्टार बि लाई ।

    news

    याङजी राई 
    सोलु एफ.एम २९ मंसिर 
    सोलुखुम्बु ः सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर ५ मा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि पावै स्टार टिम बि ले उचालेको छ ।   शनिबार सम्पन्न फाइनलमा सनराईजिङ टिम बि लाई पराजित गरि पावैले उपधि उचालेको हो ।
    सुनखरी हरियाली युवा क्लवलाई हराउदै स्वतन्त्र ईसाई मण्डली ३ तेश्रो हुन सफल भएको छ । क्रिष्टमसको उपलक्ष्यमा विश्व मिशन मण्डली नेपालद्धारा आयोजित प्रतियोगिता यहि मसिर २७ गतेबाट सुरु भएको थियो । प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो ।
        प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने समूहलाई क्रमश नगद १५ हजार ५ सय ५५, १० हजार ५ सय ५५, ५ हजार ५ सय ५५ को साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
         यस्तै सान्त्वना हुने समूहलाई नगद २ हजार ५ सय ५५ को साथमा ट्रफी, मेडल र प्रमाण प्रदान गरिएको विश्व मिशन मण्डली नेपालका सहसचिव मनोज तामाङले जानकारी दिनुभयो ।
    प्रतियोगिताको उत्कृष्ट खेलाडी पावै स्टार टिम बि का दिनेश नाछिरिङल घोषित भएका छन ।  
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org