समाचार

  • कालिका आधारभुत विद्यालयलाई निशुल्क जग्गा प्राप्त ।

    news

    भोजराज कार्की
    सोलुएफएम, पौष १
    खोटाङ ः  ऐेसेलुखर्क गाउँपालिका २ बाकाचोल पारा स्थीत कालिका आधारभुत विद्यालयलाई ६ रोपनी १० आना जग्गा निशुल्क प्राप्त भएको छ । विद्यालय भौतिक पुर्वाधार व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कुमार राई सहितको पहलमा ६ रोपनी १० आना जग्ग निशुल्क प्राप्त भएको विद्यालयले जनाएको छ । 
    भवन निर्माण तथा खेलमैदान प्रयोजनका लागि स्थानीय समाज सेवी श्रीभक्त राई, तारामनी राई, ज्ञानबहादुर राई, र ज्ञानेन्द्र कुमार राईले उक्त जग्गा विद्यालयलाई रजिष्टेशन गरिदिनुभएको विद्यालयका प्रधानाध्यापक रामकाजी राईलाई उदृत गर्दै ज्ञानेन्द्रकुमार राईले जानकारी दिनुभयो । जग्गादताले जिल्ला मालपोत कार्यालय खोटाङमा बिहीबार रजिष्टेशन गरिदिएका हुन् ।
    विद्यालय भौतिक पुर्वाधार व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कुमार राईका अनुसार अझै २ जना व्यक्तिबाट तीन रोपनी जग्गा रजिष्टेशन गर्न बाँकी छ । अब केही दिनभित्रै उक्त जग्गा विद्यालयको नाममा आउने उहाँले बताउँनुभयो । जग्गा उपलब्ध गराउने व्यक्तिहरुलाई विद्यालय परिवारले धन्यवाद समेत ज्ञापन गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिकुमार राईका अनुसार अहिले विद्यालय भएको क्षेत्रमा जग्गा नहुँदा खेलमैदान तथा अन्य भौतिक संरचना निर्माण गर्न सकिएको छैन । जग्गा प्राप्त भएपछि विद्यालयको भौतिक पुर्वधार निर्माणमा सहजता हुने विद्यालयले विश्वास लिएको छ । विद्यालयलाई प्राप्त अन्य जग्गामा वृक्षरोपन गरि आयआर्जनमा बृद्धि गर्ने समेत विद्यालयले योजना बनाएको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org