समाचार

  • अन्तराष्ट्रिय जुडो प्रतियोगिताका लागि खेलाडि छनोट ।

    news

    याङजी राई 
    सोलु एफ.एम १ पुस 
    सोलुखुम्बु ः अन्तराष्ट्रिय जुनियर जुडो प्रतियोगिताको लागि सोलुखुम्बुबाट ५ जना खेलाडी छनोट भएका छन । प्रतिष्पर्धामा सहभागीको लागि तयारी भएका छन् । काठ्माण्डौमा यही पौष ७ र ८ गते हुन लागेको हो । 
    प्रतियोगिताका लागि छनोट भएका खेलाडिमा एभरेष्ट जुडो क्लवका संजोक भट्ट, युवा वर्ष आधार भूत विद्यालय मञ्जुका बन्दना राई,पेम्बा दोर्जी शेर्पा,नविन तामाङ र खुम्जुङ माध्यमिक विद्यालयका प्रिति कुलुङ राई रहेका छन । 
    टोलिको प्रशिक्षकमा एभरेष्ट जुडो क्लवका प्रशिक्षक काजी शेर्पा रहनु भएको छ । टोलि सोमबार काठ्माण्डौ जाने मञ्जु सामुदायिक स्वास्थ्य क्लिनिकका अहेव ल्हाक्पा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org